Logo
८ बैशाख २०८१, शनिबार
(October 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर २८ सय ५६ जनमा संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा १५ सय ३५ संक्रमित थपिए

काठमाडौं :देशभर पछिल्लो २४ घन्टामा थप २८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप संक्रमितमध्ये काठमाडौं उपत्यकाका १५ सय ३५ जना रहेका छन् ।

यो अवधिमा १२ हजार तीन सय ११ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

यो अवधिमा देशभरबाट ३३ सय २६ संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

हालसम्म एक लाख आठ हजार तीन सय ३४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशभर हाल ४५ हजार पाँच सय ७२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित हिजोको तुलनामा घटेको हो ।

संक्रमितमध्ये दुई सय ७७ जनाको आइसियूमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Oct 25, 2020

प्रतिक्रिया दिनुहोस्