Logo
१५ चैत्र २०८०, बिहीबार
(October 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप २२२५ जनामा कोरोना भाइरस संक्रमण, २८४६ जना डिस्चार्ज भए

शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: Oct 24, 2020

प्रतिक्रिया दिनुहोस्