Logo
१३ बैशाख २०८१, बिहीबार
(October 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड, वडाध्यक्षको समेत संलग्नता रहेको आशंका

काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ ।

शनिबार बिहान अज्ञात समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको हो ।

उक्त मस्जिद भूमाफियाको तारो बन्दै आएको थियो ।

निर्माणाधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताउनुभयो ।

यस्तै, मस्जिद रहेको काठमाडौं महानगरपालिका–२२ का वडासदस्य गीता परियारले वडाध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैं मस्जिद खाली गर्न धम्क्याउने गरेको बताउनुभयो ।

मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले मस्जिदमाथिको तोडफोड सम्पूर्ण नेपाली मुस्लिममाथिको आक्रमण भएको बताउनुभयो ।

मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायीरुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन् ।

आजभन्दा १०० वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढ्ने स्थानको रुपमा स्थापित भएको उक्त मस्जिदमा अहिले चार प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन् ।

प्रकाशित मिति: Oct 24, 2020

प्रतिक्रिया दिनुहोस्