Logo
१८ मंसिर २०७७, बिहीबार
(October 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा आज थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ५३ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा ४ हजार ४९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये १६९० महिला र २८०९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६६८ छ। योसँगै हालसम्म १ लाख ५ हजार ४८८ जना निको भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति: Oct 23, 2020

प्रतिक्रिया दिनुहोस्