Logo
१८ मंसिर २०७७, बिहीबार
(October 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमणपछि उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले बताए ।

उनलाई सामान्य रुघाखोकीमात्र छ, अरु लक्षण देखिएको छैन तर केही समयअघि मुटुको अपरेसन गरेका कारण गंगालालमा पठाइएको हो ।

अहिले मुख्यमन्त्री पौडेलको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: Oct 23, 2020

प्रतिक्रिया दिनुहोस्