प्रधानमन्त्री ओलीले देशवासीका नाममा आज सम्बोधन गर्दै
प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा आज शुक्रबार अपरान्ह ४ः २५ बजे सम्बोधन गर्ने भएका छन् ।
उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४ः २५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ ।
सरकारले विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायत लक्षित वर्गबाहेक अरुको कोरोना संक्रमणको उपचार निशुल्क नगर्ने सरकारको निर्णयको पनि आलोचना भइरहेको छ ।
त्यस्तै पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गरेको विषयलाई लिएर प्रधानमन्त्री आलोचित छन् ।प्रधानमन्त्रीको सम्बोधनमा यी विषय पनि समेटिने अनुमान गरिएको छ
त्यस्तै प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि हेर्न सकिने थापाले बताए ।