Logo
१२ बैशाख २०८१, बुधबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ हजार ६३७ कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १ लाख नाघ्यो

नेपालमा कोरोनाभाइरस कोभिड १९ का ३ हजार ६ सय ३७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

संक्रमितको कुल संख्या भने १ लाख ४८ हजार ५ सय ९ पुगेको छ, जसमध्ये ४४ हजार ८ सय ७७ सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमण मुक्त हुनेको संख्या भने १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

डिस्चार्ज हुनेको कुल संख्या १ लाख २ हजार ८ सय २० छ ।

मृतकको संख्या ८ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्