Logo
८ बैशाख २०८१, शनिबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी सम्झौता खारेजको माग गर्दै २१ दलले माइतीघरमा प्रदर्शन गरे

२१ राजनीतिक संगठनले काठमाडौको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

विहीबार काठमाडौको माइतीघर मण्डलामा कार्यगत एकतामा सम्मिलित २१ राजनीतिक संगठनहरुले एमसीिसी खारेजी लगायत माग राख्दै विरोध प्रदर्शन गरेका हुन ।

उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्र्नुपर्ने, कोरोना संक्रमित बिरामीको निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, सरकार आफ्नो जिम्मेवारीबाट भाग्न नपाइने, २१ वाम गठबन्धन विरुद्ध गृहमन्त्रीले दिएको अभव्यिक्ति तत्काल फिर्ता लिनुपर्ने लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

त्यस्तै सरकारले कोरोना संक्रमित बिरामीको निशुल्क उपचार नगर्ने निर्णय फिर्ता नलिए सडक आन्दोलन निरन्तर गर्ने चेतावनी दिएको छ । निशुल्क उपचार नगर्ने सरकारको निर्णयले संविधानको धारा ३५ र सर्वोच्च अदालतको परमादेशको धज्जी उडाएको उनीहरुले बताएका छन् ।

प्रदर्शनमा सहभागी २१ राजनीतिक संगठनका नेता परी थापाले कोरोना महामारीको बेला सरकार आफ्नो दायित्वबाट उम्कन खोजेको आरोप लगाए । उनले समस्यामा परेका नागरिकहरुलाई मनकारी समाजसेवीहरले खाना खुवाउने व्यवस्था गरिरहेपनि सरकार टुलुटुलु हेरेर बसेको समेत आरोप लगाए ।

२१ राजनीतिक संगठन अन्तर्गत नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जागरण मञ्च लगायत दलहरुले प्रदर्शन गरेका हुन ।

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्