Logo
१३ बैशाख २०८१, बिहीबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : १३ सय वर्षदेखि समुन्द्रमा घर बनाएर बस्ने विश्वको यस्तो गाउँ !

सामान्यतया मानिसहरुले बस्नकालागि पृथ्वीमा घर बनाउने गर्छन् । तर विश्वमा यस्तो पनि छ जुन गाउँनै समुन्द्रमा घर बनाएर बस्ने गर्छन् ।

यो कुरा चीनको एक बस्तीको हो । जुन बस्ती पुरै समुन्द्रमा तैरिने गर्छ । यो गाउँ १३ सय वर्ष पुरानो हो । उक्त गाउँ विश्वकै यस्तो गाउँ हो जो पुरै समुन्द्रमा बसेको छ ।

चीनमा केही वर्ष पहिले टांका जातिका मानिसहरु शासकको उत्पीडनबाट डराएर समुन्द्र किनारमा आएका थिए । दक्षिणपूर्वी चीनमा यी माछा मार्नेको परिवार आफ्नो परम्परागत डुंगामा रहन्छन् ।

वर्तमानमा करिब ८५ सय मानिसहरु यस समुन्द्रमा जीवन यापन गरिरहेका छन् । यहाँ बस्ने सबै मानिसहरुले माछा मार्ने काम गर्छन् । उनीहरुलाई टांका भनिन्छ ।

समुन्द्रमा माछा मार्ने बस्ती फुजियान राज्यमा दक्षिणपूर्वको निंगडे सिटीको नजिक समुन्द्रमा तैरिइरहन्छन् । उनीहरुलाई जिप्सीज अफ द सी पनि भनिन्छ ।

यी मानिसहरु किनारमा पनि आउदैनन् र बाहिरी मानिससँग कुनै नाता राख्दैनन् ।वास्तवमा चीनमा ७ सय इस्वी मा तांग राजवंशको शासन थियो ।

उक्त समयमा टांका जनजाति समुहका मानिसहरु युद्धबाट बाच्नको लागि समु्न्द्रमा आफ्नै नावमा बस्न थालेका हुन् । त्यो समयदेखि जिप्सीज अन द सी भनिन थालियो र कहिले कहिले जमिनमा आउने गर्छन् । एजेन्सी

 

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्