Logo
१३ बैशाख २०८१, बिहीबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनामुक्त भएको ३ देखि ५ महिनापछि पनि पुनः संक्रमण हुन सक्छ : अनुसन्धान

अहिलेको बर्तामान समयमा कोरोना भाइरसको आतंकले विश्वलाई थलापारि सकेको छ । विश्वमा कोरोना संवन्धी धेरै अध्ययन भएको छ तर हालसालै भारतमा गरिएको एक अध्ययनले एकपटक कोरोना निको भए पनि लापरबाही गरे पुनः संक्रमण हुन सक्ने अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का निर्देशकले उक्त चेतावनी दिएका हुन्।समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार आईसीएमआरका निदेशक डाक्टर बलराम भार्गवले भने, ‘अहिलेसम्म हामीलाई प्राप्त विवरण अनुसार संक्रमणबाट मुक्त भएको ३ देखि ५ महिनासम्म शरीरमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी हुन्छ।’

तर यसपछि बिस्तारै त्यसको संख्या घट्दै जाने र फेरि संक्रमण हुन सक्ने उनको भनाइ छ।‘यदि ९० दिभित्र व्यक्ति फेरि संक्रमित भयो भयो भने त्यसलाई पुनः संक्रमण भनिन्छ,’ उनले भने।

उनका अनुसार विश्व स्वास्थ्य संगठनले ३० देशमा गरेको सोलिडारिटी ट्रायलको नतिजामा भारत सरकारले ध्यान दिइरहेको छ।

उनले अगाडि भने, ‘ट्रायलको अन्तरिम रिपोर्टअनुसार कोरोना उपचारका लागि प्रयोग गरिएको रेम्डेसिभिर र हाइड्रोक्सिक्लारोक्किन प्रभाव खासै देखिएन, जति अपेक्षा गरिएको थियो। एजेन्सी

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्