Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटीईभिटीको डिप्लोमा तहको परीक्षा मंसिर ८ गतेदेखि हुने

सिटीईभिटीले डिप्लोमा तहको परीक्षा मंसिर ८ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसका कारण स्थगित नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा मंसिर ८ गतेदेखि सुरु गर्ने भएको हो ।

परीक्षा पूर्वनिर्धारित केन्द्रहरूमै सञ्चालन गरिने सिटीईभिटीले जानकारी दिएको छ । सिटीइभिटीका अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने छ ।

कोरोना संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था गरिने छ ।

परीक्षा जुध्न गएका परीक्षार्थीहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

यस्तै डिप्लोमा-प्रमाणपत्र तहको एक विषय मौका परीक्षा भने कात्तिक २२ गते सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्