Logo
७ बैशाख २०८१, शुक्रबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर अस्पतालमा उपचाररत ३३ वर्षीया गर्भवती महिलाको कोरोनाबाट मृत्यु

बाग्मती प्रदेश स्थित चितवनको भरतपुर अस्पतालमा उपचाररत गर्भवती कोरोना संक्रमितको मृत्यु भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा-५ बस्ने ३३ वर्षीया महिलाको बिहीवार बिहान उपचारको क्रममा मृत्युु भएको हो ।

उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी ३७ हप्ताको गर्भवती भएको अस्पतालका सूचना अधिकारीले बताएका छन् ।

गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा खोकी, श्वासप्रश्वासमा समस्या थियो ।
अस्पतालका स्वास्थ्यकर्मीले अथक प्रयास गर्दागर्दै पनि बचाउन नसकेकोमा भरतपुर अस्पतालले दुःख ब्यक्त गरेको छ ।

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्