Logo
१३ बैशाख २०८१, बिहीबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना मृत्युदर बढ्न नदिन सरकार असफल !

पछिल्ला घण्टाहरुमा कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको मृत्युदर हबात्तै बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टा कै रेकर्ड हेर्ने हो भने हालसम्मकै बढी अर्थात थप २६ जनाको ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाका गरी थप २६ जनाको मृत्यु भएको बुधबार पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

नेपालमा बढिरहेको कोरोना मृत्युदर रोक्न सरकारले कुनै पहलै गरेको देखिन्न । बरु उल्टै कोरोना बिरामीलाई आफैँ खर्च बेहोर जस्तो गैरजिम्मेबारीपूर्ण निर्णय सरकारले लिनुले सरकार नै कोरोना लागेपछि कोमामा बसेको महसुस जनताले गरेका छन् ।

पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।

२४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन । हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन । सरकारले कोभिडको उपचारको सम्पूर्ण जिम्मेबारी आफैँ लिएर नागरिकलाई बचाउनुपर्ने जनदबाब बढ्दै गएको छ ।

विपन्न वर्गको उपचार राज्यले गर्ने बताएपनि स्पष्ट आकडा राज्यसँग नभएकाले सबैको जिम्मा राज्यले नै लिनुपर्ने र कोरोना रोकथाममा राज्य गम्भीर हुनुपर्ने नागरिक अगुवाहरु बताउछन् ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्