Logo
१५ चैत्र २०८०, बिहीबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि रुपन्देही जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकले सच्चालनमा ल्यायो एक्स्टेन्सन काउण्टर

रुपन्देही जिल्लाको सिद्धाथनगर नगरपालिका स्थित जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकले एक्स्टेसन काउण्टर आजबाट सञ्चालनमा ल्याएको छ ।

रुपन्देही जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट आजदेखि कारोबार सुरु भएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सिद्वार्थनगर नगरपालिकास्थित वडा नं ५ स्थित जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयरुपन्देहीमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९४ वटा ATM, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्