Logo
१२ बैशाख २०८१, बुधबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र क्रान्तिमा होमिएको विप्लव समूहद्वारा देशव्यापी आन्दोलनको घोषणा

काेराेनाकाे उपचारमा सरकारले पैसा लिने निर्णय गरेकाे विराेधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

कत्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लवले वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोपसमेत लगाएका छन् । सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको विप्लवको ठहर छ ।

कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको आरोप विप्लवले लगाएका छन् ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्