Logo
४ बैशाख २०८१, मंगलबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुननिर्माण सकिएसँगै रानीपोखरी र दरबार हाइस्कुलको राष्ट्रपतिबाट उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो रानीपोखरी र दरबार उद्घाटन गरेकी छिन् । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी र दरबार हाइस्कलकाे पुनर्निर्माण सम्पन्न भएपछि राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।

भूकम्पले क्षतिग्रस्त रानीपोखरी प्राचीन शैलीमै पुनर्निर्माण गरिएको हो । पोखरीमा एउटामा ३ करोड लिटर र दुईवटामा ९ करोड लिटर पानी अट्ने तीन तह रहेका छन् ।

वर्षाको पानीले तह भरिने र धेरै भए बाहिर निकास गर्ने प्रणालीसहित रानीपोखरीको पुनर्निर्माण गरिएको प्राधिकरणले जनाएको छ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि प्राचीन शैलीमै निर्माण गरिएको छ ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्