Logo
८ बैशाख २०८१, शनिबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री शाहीले कार्तिक ७ गते संसदीय दलको बैठक बोलाए, मन्त्रिपरिषद पूनर्गठन गर्ने तयारी

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पार्टीको विवाद मिलाउनको लागि संसदीय दलको बैठक यही कार्तिक ७ गते बैठक बोलाएका छन् ।

मुख्यमन्त्री शाही आज कर्णाली फर्कँदैछन् । उनले यही कार्तिक ७ गते संसदलीय दलको बैठक राखेका छन् । शाहीको पक्षमा २१ सांसद छन् ।

‘आफ्नो पक्षमा बहुमत छ भएपछि उहाँले मन्त्रिपरिषद पूनर्गठन गर्ने तयारी गर्नुभएको छ।’मुख्यमन्त्री शाहीनिकट स्रोतले भन्यो । प्रदेश सरकार चलाउने आफ्नो अधिकारको कुरा भएकोले केन्द्रको हस्तक्षेप स्विकार्य नहुने शाहीको भनाई छ ।

पार्टीको विवाद मिलाउनको लागि केन्द्रीय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेकपाका कर्णाली प्रदेशका पदाधिकारीहरुलाई काठमाडौं बोलाएका थिए ।

सोहीअनुसार मुख्यमन्त्री शाहीसहित नेताहरु यमलाल कँडेल, गुलाबजंग शाह काठमाडौं आएका थिए ।मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री शाहीलाई हटाउनेगरि प्रधानमन्त्री ओली पक्षधर नेताहरुले मोर्चाबन्दी गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

तर, केन्द्रबाट अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालको पहलमा कर्णालीमा दाहाल-नेपाल समूहका सांसदहरु एक भएका थिए ।

शाहीविरुद्ध अविश्वासको प्रस्तावबाट नेपाल समूहका सांसदहरु ब्याक भएका थिए ।

 

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्