Logo
१३ बैशाख २०८१, बिहीबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रानीपोखरीको उद्घाटन आज राष्ट्रपति भण्डारीले गर्दै

रानीपोखरीको उद्घाटन राष्ट्रपति भण्डारीद्वारा आज हुदैछ ।

भुकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माणको शिलान्यास गरेकी  भण्डारीले नै रानीपोखरी पोखरीको उद्घाटन गर्न लागेकी हुन् ।

राष्ट्रपतिले बिहान साढे ११ बजे रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए।

पाँच वर्षअघिको विनाशकारी भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।भूकम्पपछि पानीविहीन बनेको रानीपोखरी अहिले पानीले भरिएको छ।

पोखरी र मन्दिर क्षेत्रलाई बत्तीले सजाइएको छ। यसरी बत्ती बाल्दा मन्दिरको ऐतिहासिक स्वरुपमा असर नपुगोस् भनेर विशेष ध्यान दिइएको छ।

प्रताप मल्लले निर्माण गरेको रानीपोखरीले मौलिक स्वरुपमा बनाइएको छ। मल्लकालमा शिखर शैलीमा निर्माण भएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो।

 

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्