Logo
१३ बैशाख २०८१, बिहीबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा उपचाररत म्याग्दीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

गण्डकी प्रदेश स्थित पोखरामा उपचाररत म्याग्दीका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तरगत कोभिड-१९ उपचार केन्द्रको सघन उपचार कक्ष ९आइसीयू० मा उपचाररत धवलागिरि गाउँपालिका-७ का ८५ वर्षीय पुरुषको मङ्गलवार राति ८ः२५ बजे मृत्यु भएको हो ।

गत असोज २९ गते कोरोना सङ्क्रमण भएपछि केन्द्रको आइसीयूमा भर्ना भएर उपचार गराइरहेका उनको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्