Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा खुकुलो लकडाउन भएर पनि संक्रमणमुक्त भएकाहरुको संख्या धरै छ : प्रधानमन्त्री मोदी

लचिलो लकडाउन भएर पनि संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

उनले भारतमा औसतमा ८८ प्रतिशत सङ्क्रमितहरु संक्रमणमुक्त भएको सोमबार जानकारी दिए । लकडाउन लचिलो भएर पनि सङ्क्रमणमुक्त हुनेहरुको यो सङ्ख्या विश्वमै एक मात्र र पहिलो देश भारत भएको उनको दावी छ ।

ग्रान्ड च्यालेन्ज एनुयल मिटिङलाई भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतको आकार, विविधता र मात्रा देखेर विश्व सँधै लोभिएको छ ।”

“हाम्रो जनसङ्ख्या अमेरिकाको भन्दा झण्डै झण्डै चार गुणा बढी छ, हाम्रा धेरै राज्यहरु युरोप र एसियाका देशभन्दा बढी प्रदुषित छन्, तर पनि हाम्रोमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या अत्यन्त कम छ,” उनले थपे ।

प्रधानमन्त्री मोदीले भारतमा संक्रमितहरुको संख्या दिनप्रति दिन घट्दै गइरहेको र संक्रमणमुक्त भएकाहरुका संख्या पनि उच्च रहेको बताए ।

उनले भने, “यति धेरै जनसङ्ख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदा समेत सङ्क्रमित भएकाहरुको सङ्ख्या निकै कम रहेको छ । यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन ।”

मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सवैभन्दा अगाडि रहेको प्रधानमन्त्री मोदीले दावी गरे । “हामीले काम रोकेका छैनौ, खोपका लागि पनि प्रयास भइरहेको छ, अरु पनि धेरै उपायहरु हामीले अवलम्बन गरेका छौँ,” उनले भने

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्