Logo
१३ बैशाख २०८१, बिहीबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको तयारी सुरु

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको तयारी सुरु भएको छ ।

विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको छ ।

आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आ–आफ्नो पार्टीको सङ्घीय/केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गरेका छन् ।

संवाद समिति संयोजक निर्देश सिलवाल सु–संस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका यी दुई पार्टी एक भएको देख्न चाहेको बताएका छन् ।

विगतमा भएका आफ्ना कमजोरीलाई स्वीकार्दै तथा जनभावनाको कदर गर्दै असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेका थिए ।

उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय/सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ–आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउने विवेकशील नेपाली दलकी संवाद समिति संयोजक समीक्षा बास्कोटाले जानकारी दिइन् ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्