Logo
४ बैशाख २०८१, मंगलबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुटाहाको शिव मन्दिरको नाममा राजनीतिको पर्दाफास : सटर भत्काउने सहमतीको खुलासा

प्रदेश १ स्थित सुनसरीको रामनगर भुटाहामा रहेको शिवमन्दिरका नाममा पछिल्लो केही महिनादेखि जारी रहेको धार्मिक राजनीतिको पर्दाफास भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीसमेतको बैठकमा एक महिना अघि नै उक्त मन्दिरको सटर भत्काउने सहमति गरिसकिएको तर बजारमा भने हिन्दु-मुस्लिमका नाममा राजनीति जारी राखिएको खुलेको हो ।

नागरिक टाईम्सलाई प्राप्त उक्त बैठकको म्यानुटमा मन्दिर समितिका अध्यक्षदेखि सबै पदाधिकारीले हस्ताक्षर गरेका छन् भने । मन्दिरको सटर सडकमा पर्ने भएकाले त्यसलाई हटाउने सर्वसम्मतले निर्णय गरिएको छ ।

२०७७/०६/०४ गते बसेको उक्त बैठकको म्यानुटमा चेतनलाल बोथरा, प्रवीण गुप्ता, पर्शुराम मंडल, कौशल किशोर कर्ण लगायत १३ जनाको हस्ताक्षर रहेको छ ।

हुलाकी राजमार्ग बिस्तारका क्रममा उक्त मन्दिरको केही भाग सडकमा परेपछि त्यहाँ हिन्दु-मुश्लिमका नाममा राजनीति सुरु भएको थियोे ।

संघीय सरकारको बजेट र योजनामा उक्त सडक बनिरहेको भएता पनि त्यसमा स्थानीय सरकार प्रमुख गफार अन्सारीलाई मुस्लिम भएकै कारण मुछिएका थिए ।

प्रतिक्रियाका लागि मन्दिर समितिका कोहि पनि सम्पर्कमा आउन चाहेनन् भने हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले आफू मुस्लिम भएकै कारण मन्दिर राजनीतिमा फसाईएको बताए ।

“यहाँ धर्मका नाममा राजनीति भएको छ, विपक्षीले अन्य कुनै मुद्दा नपाएपछि हिन्दु-मुस्लिमको राजनीति सुरु गरेका छन् ।” अन्सारीले भने “त्यो योजना नै संघ सरकारको हो, DPR संघ सरकारको, बजेट संघ सरकारको अनि त्यसमा स्थानीय सरकारले कसरी हस्तक्षेप गर्‍यो ? यो मलाई बदनाम गर्ने राजनीति मात्र हो” ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्