Logo
११ बैशाख २०८१, मंगलबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एलिना चौहान र अञ्जान सूर्यको स्वरमा ‘नजाऊ नभन…’ गीत सार्वजनिक {हेर्नुहोस् भिडियो}

एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक भएको छ ।

डिआर सुजनको शब्द, लालकुमार बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ ।

निसल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहालको सम्पादन छ । गीतमा गरिबिको गन्तब्य पर्देश मात्र हैन आफ्नै देशमा पनि धेरै विकल्प छन् भन्ने भाव दर्शाइएको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोतारदर्शकमाझ पस्किएका छौ, सबैको माया पाउनेमा आशावादी छौ’, निर्देशक देवेन्द्रले भने ।

गीत तथा भिडियोलाई सम्पूर्ण सञ्चारले बजार मा ल्याएको हो । लालकुमार बरालको आफ्नै युटुब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्