Logo
८ बैशाख २०८१, शनिबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई नै बनायो कोरोना अस्थायी अस्पताल

पोल्याण्ड सरकारले कोरोना संक्रमितको उपचारका लागि अस्पतालको अभाव भएकाले राष्ट्रिय रंगशालालाई कोरोना अस्पताल बनाएको छ ।

राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भए अनुसार निर्माण गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोना संक्रमितको उपचारका लागि अस्पतालको अभाव भएकाले राष्ट्रिय रंगशालालाई नै कोरोना अस्पताल बनाइएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उक्त रंगशाला युरो २०१२ फुटबल च्याम्पियनसिप सञ्चालन गर्नका लागि निर्माण गरिएको थियो ।अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता छ ।

पछिल्लो समय पोाल्याण्डमा पनि कोेरोना संक्रमितको संख्या तीव्ररुपमा वृद्धि भइरहेको छ ।पोल्याण्डमा हालसम्म १ लाख ८३ हजार २४८ जना कूल संक्रमित छन् ।

जसमध्ये ३ हजार ६ सय बढीको मृत्यु भइसकेको छ ।पोल्याण्डमा कूल ३ करोड ८० लाख जनसंख्या रहेको छ ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्