Logo
१२ बैशाख २०८१, बुधबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक पुरुषोतम न्यौपानेलाई कोरोना संक्रमण पुष्टि

लोकदोहोरी गायक पुरुषोतम न्यौपाने दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त जानकारी न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसहित आफ्नी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

उनले आफन्तलाई कोरोना पुष्टि भएपछि आफू कहि समयदेखि होम आइसोलेसनमा नै रहेको र आइतबार आफूसहित श्रीमतिलाई समेत कोरोनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका छन् ।

उनले आफू र श्रीमतीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् । साथै सम्पर्कमा रहेका र शंका लगेकाहरुलाई रोग नलुकाएर होम आइसोलेसनमा बस्न, आफू र आफ्नो परिवार तथा समाजलाई बचाउन समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्