Logo
८ बैशाख २०८१, शनिबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी दर्ता

आज सोमबार बसेको संघीय संसदको सुनुवाई समिति बैठकले डा. युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी दर्ता भएको जानकारी दिएका छन् ।

समितिका अनुसार उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण ती उजुरी सार्वजनिक गरिएको छैन ।

खतिवडा अमेरिकाका लागि प्रस्तावित राजदूत हुन् । त्यस्तै, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।

उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कात्तिक १७ गते छलफलमा आउन आहृवान गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्