Logo
७ बैशाख २०८१, शुक्रबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैँका लागि काठमाण्डौ भित्रिने र बाहिरिने यात्रुको संख्या कम भएकाले अग्रिम टिकट नखुल्ने

 दशैँका लागि काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या कम भएकाले अग्रिम टिकट बुकिङ्ग भने नखुल्ने भएको छ ।

गएका वर्षहरुमा दशैँ सुरु हुनुभन्दा अगाडिदेखि नै बजारमा किनमेल गर्ने, गाउँघर जाने र काठमाण्डौ छिर्नेको भीडभाड हुने गर्थ्यो । कोरोना महामारीका कारण यो वर्ष गाउँघर फर्कने र उपत्यका छिर्नेको सख्या पनि तुलनात्मक रुपमा कम छ ।

विगतका वर्षहरुमा जस्तो काठमाण्डौ छोड्नेहरुको चाप र चहलपहल नभए पनि घटस्थापनादेखि गाउँ जानेहरुको संख्या भने केही दिनदेखि बढ्न थालेको हो ।

घटस्थापनाको दिन १६ हजार ६ सय यात्रु काठमाण्डौ भित्रिएको महाशाखाले जनाएको छ । अब फूलपातीसम्म बाहिर जानेको संख्या बढ्दै जाने र भित्रिनेको संख्या कम हुँदै जाने महाशाखाका प्रवक्ता प्रहरी निरीक्षक रामेश्वरप्रसाद यादवले बताए ।

अहिले दैनिक २१ हजारको हाराहारीमा यात्रु बाहिरिने गरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गएको २४ घण्टामा ४ हजार ४ सय ६० वटा गाडीमार्फत १६ हजार २ सय ७७ जना यात्रु काठमाण्डौ भित्रिएका छन् भने ४ हजार ६ सय ५८ वटा गाडीमार्फत २३ हजार ३ सय ९० यात्रु बाहिरिएका छन् ।

हिजो २१ हजार ५ सय ७३ यात्रु बाहिरिएका छन् । १७ हजार ३ सय जना काठमाण्डौ भित्रिएका छन् । घटस्थापनाको दिन कात्तिक एक गते २१ हजार ४ सय ७२ यात्रुले काठमाण्डौ छोडेका थिए ।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्