Logo
१५ चैत्र २०८०, बिहीबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गल्लीको कुकुरको पनि दिन आउँछ’ भन्दै महाविर पुनले लगाए नयाँ कोटपाइन्ट !

वैज्ञानिक महावीर पुनले आइतबार नयाँ फोटो हाले र केही जानकारी पनि लेखे।

नयाँ सुट प्यान्टमा सजिएको फोटो राख्दै पुनले लेखेका छन्- लौ हेर्नुहोस, मैले नि यो वर्षको दसैंमा त नयाँ कपडा पाएँ बाइ।

उनले सायद ४५ बर्ष पछि आफूले दसैंमा नयाँ कपडा पाएको उल्लेख गरेका छन्। उनले आफूले पहिरिएको सुट पुरानो जडौरी नभएको पनि स्पष्टीकरण दिएका छन्।

‘यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन्। पुरानो जडौरी होइन। मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो’, उनले लेखेका छन्, ‘जुत्ताचाहिँ ६ वर्ष पुरानो हो।’

धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर आफूलाई कचकच् गरिरहेको भन्दै अब उनीहरूलाई चुप लाग्न पनि पुनको आग्रह छ।

उनले दसैंको बेलामा नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्न र केही महिनापछि आफैंले बताउने उल्लेख गरेका छन्।

‘क्या रमाइलो हुने भयो यो पालिको दसैं त। कहिलेकाहीँ त गल्लीको कुकुरको पनि दिन आउँछ भनेको यही होला’, उनले ठट्यौली गर्दै लेखेका छन्।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्