Logo
७ बैशाख २०८१, शुक्रबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महामारी बढेपछि उपत्यकाबाट बाहिरिनेको संख्या न्यून, बसहरु रित्तै फर्किदै

महामारीले सीमा नाघेपछि उपत्यकाबाट बाहिरिनेको संख्या न्यून देखिएको छ भने बसहरु रित्तै फर्किन बाध्य बनेका छन् ।

कोरोना भाइरसको महामारी अघि काठमाडौं उपत्यकाबाट दैनिक एक लाख २० हजारको हाराहारीमा यात्रुहरु बाहिरिन्थे । त्यति नै संख्यामा भित्रने गरेपनि कोरोनाले मान्छेहरु लामो दुरीको यात्रा नै गर्न छाडेका छन् ।

नवरात्रको पहिलो दिन शनिबार काठमाडौं उपत्यकाबाट २१ हजार ४ सय ७८ जना यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

सरकारले असोज १ गतेदेखि लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी साधन खोल्ने निर्णय गरेयता काठमाडौं उपत्यकाबाट ६ लाख पाँच सय ५४ जना मात्र यात्रु बाहिरिएका छन् भने पाँच लाख ५४ हजार पाँच सय ३७ जना काठमाडौँ उपत्यका भित्रिएका छन्।

ट्राफिक महाशाखाका एक अधिकारी सामान्य अवस्थाको भन्दा अहिले ७५ प्रतिशत सवारी साधन मात्र चलिरहेको बताउँछन्। सिट क्षमताको आधा मात्र यात्रु राख्न पाउने व्यवस्था सरकारले खारेज गरिसकेको छ। तर किन व्यवशायीले यात्रुहरु पाइरहेका छैनन् ?

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले अन्योलता सिर्जना गरेका कारण व्यवसायीले यात्रुहरु नपाइरहेको बताउँछन्। ‘सरकारले जनतालाई जहाँ हुनुहुन्छ त्यहिँ बसेर दसैँ मनाउन निरन्तर आग्रह गरिरहेको छ। जनता पनि डराएका छन्’, महासचिव सिटौला भन्छन् । व्यवसायीले यात्रु नै नपाइरहेको अवस्थामा अग्रिम बुकिङ यसपटक नखुल्ने सम्भावना बढ‍ेर गएको छ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्