Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनराइज बैंक र एफवान सफ्टबीच सहकार्य

‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गराैँ’ अभियानलाई आत्मसात् गर्दै सनराइज बैंकले चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफ वान सफ्टसँग सहकार्य गरी साे योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत बैंकले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानीलगायत कार्य गर्ने २० जना ग्राहकलाई एक-एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।

साथै, नयाँ ग्राहकहरूलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम १ सय रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्थासमेत गरेको छ ।

यो योजना १ कात्तिकदेखि ५ मंसिरसम्म लागू हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्