Logo
१३ बैशाख २०८१, बिहीबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा उपचाररत बर्दियाका ४२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

लुम्बिनी प्रदेश स्थित बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा-६ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यससँगै कोरोना संक्रमण भएर बाहिरी जिल्ललाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको श्रेष्ठले बताए ।

उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत असोज २७ गते भेरी अस्पतालमा पठाइएको थियो ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्