Logo
१२ बैशाख २०८१, बुधबार
(October 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा थपिए १७ सय ४६ संक्रमित,थप १२ जनाको निधन

काठमाडौं-पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १७ सय ४६ जना संक्रमित थपिएका छन्।

उपत्यकाको काठमाडौंमा १४ सय ५१, ललितपुरमा एक सय ५२ र भक्तपुरमा एक सय ४३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको निधन भएको छ ।योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमित संख्या बढेर ३८ हजार सात सय ३७ पुगेको छ

प्रकाशित मिति: Oct 17, 2020

प्रतिक्रिया दिनुहोस्