Logo
८ कार्तिक २०७७, शनिबार
(October 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेशको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका-२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो ।

उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा थापाले जानकारी दिए । योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा थापाले बताए ।

प्रकाशित मिति: Oct 16, 2020

प्रतिक्रिया दिनुहोस्