Logo
१२ बैशाख २०८१, बुधबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गलत गर्नेलाई नछाड्ने नवनियुक्त सञ्चारमन्त्रीको चेतावनी

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गलत काम गर्नेलाई नछाडिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कर्मचारीहरुलाई भ्रष्टाचारका विषय खोतल्न र त्यसमा आफ्नो पूर्ण साथ रहने बताएका हुन्।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सबै मन्त्रालयको सूचनालाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे। कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्ने उनको दाबी छ।

‘कुनैपनि मन्त्रालयमा गलत र अनियमितता कुराहरु छन् भनेपनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनका लागि मन्त्रालयले काम गर्छ,’ उनले भने, ‘गलत काम गर्नेहरूलाई छाड्ने कुरा हुँदैन।’ सञ्चार क्षेत्र बुझेको छैन भनेर मलाई गलत सुझाव दिनेलाई समेत कारबाही गर्ने उनको चेतावनी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस राष्ट्रपतिले नयाँ मन्त्रिमण्डल गठन गर्दा झन् शक्तिशाली मन्त्रालयमा गुरुङ आएका हुन्। यसअघि उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिए।

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्