Logo
२६ माघ २०७९, बिहीबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा  थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कूल कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ। २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

देशभरमा कुल ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६९४ पुगेको छ।

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्