Logo
६ बैशाख २०८१, बिहीबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल बिरामी भएपछि अस्पताल भर्ना

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

रक्तचाप बढेपछि हिजो बुधबार दिउँसो उनी हेम्स अस्पतालमा भर्ना भएका हुन् । खनालका प्रेस संयोजक कृष्ण भट्टराईका अनुसार अहिले स्वास्थ्य अवस्था सामान्य हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

तर उनलाई आज साँझसम्म अस्पतालमै रहन चिकित्सकहरुले सुझाव दिएका छन् । अस्पताल भर्ना हुनुअघि खनालको कोरोनाको पीसीआर परीक्षण गरिएको थियो र रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्