Logo
११ बैशाख २०८१, मंगलबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीपी प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा पाँच कोरोना संक्रमितको मृत्यु

प्रदेश नं १ स्थित धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ घण्टा भित्रमा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार का अनुसार धरान उपमहानगरपालिकाका एक महिला र एक पुरुष, इटहरी उपमहानगरपालिकाकी एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानमा उपचारको क्रममा संक्रमितको मृत्यु संख्या ५८ पुगेको छ ।तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेर १५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले बताएको छ ।

मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका ती व्यक्तिमा अशोज १० गते संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि सँगै उनलाई अशोज ११ गते प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो ।

त्यसैगरी इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया बृद्धाको बिहीबार बिहान १२ बजेर ५ मिनेटमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उच्च रक्तचापकी बिरामी बृद्धामा अशोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोही दिन थप उपचारका लागि प्रतिष्ठानको आकश्मिक कक्षमा उनलाई भर्ना गरिएको प्रीतष्ठानले बताएको छ । बृद्धाको उपचारकै क्रममा आकस्मिक कक्षमै मृत्यु भएको हो ।

यस्तै धरान उपमहानगरपालिका ९ का दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । प्रतिष्ठानकै प्रयोगशालामा अशोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड १९ अस्पतालमा उपचारका क्रममा बुधबार राति ११ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।

बिरामीमा कुनै दीर्घ रोग भए-नभएको जानकारी हुन नसकेको प्रतिष्ठानले उल्लेख गरेको छ ।ती व्यक्ति २८ गते कोभिड अस्पतालमा भर्ना भएका थिए ।

धरान ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह ३ बजेर १५ मिनेटमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो । अशोज २७ गते ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

यसअघि, तेह्रथुम दांग्पा १ का ४९ वर्षीय पुरुषको समेत प्रतिष्ठानको आकश्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्