Logo
१५ चैत्र २०८०, बिहीबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घटस्थापनाकै दिनदेखि दसैँ विदा होला त ?

दसैँ सुरु हुन केही दिन मात्रै बाँकी रहँदा काठमाडौँ उपत्यका र जिल्लाहरुमा कोरोना संक्रमणको दर उच्च गतिमा बढिरहेको छ।

दैनिक तीन हजार व्यक्तिहरु संक्रमित भइरहेका छन्। संक्रमण तीव्र गतिमा फैलिए पनि सरकारले लक डाउन नगर्ने बताइसकेको छ। लक डाउन नगर्ने हो भने सरकारी कार्यालय घटस्थापनादेखि नै बिदा दिनुपर्ने आवाज उठिरहेको छ।

सरकारले अदालतबाहेक अन्य सरकारी कार्यालयहरुमा फुलपातीको दिनदेखि मात्रै पाँच दिन दसैँको बिदा दिने गरेको छ।

उक्त बिदालाई बढाएर शनिबार घटस्थापनाकै दिनदेखि सरकारी कार्यालयमा बिदा दिनुपर्ने आवाज उठे पनि अहिलेसम्म त्यसबारे कुनै तयारी नभएको गृहमन्त्रालयले जनाएको छ।

गृहप्रवक्ता चक्रबहादुर बुढाका अनुसार अग्रिम बिदा दिनेबारे कुरा उठे पनि तयारी भने नभएको जानकारी दिए। उनले भने, ‘त्यसबारेमा कुरा उठेको छ। तर पहिल्यै बिदा दिनेबारे मन्त्रालयले कुनै तयारी गरेको छैन। संभवत हुँदैन होला।’

मन्त्रालयका सचिवहरुले पनि मुख्य सचिव शंकरदास वैरागीलाई कात्तिक १ गतेदेखि नै बिदा दिन सुझाव दिएका छन्।

अग्रिम बिदा दिनुपरे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ। सरकारले यस वर्ष आफू बसेकै ठाउँमा दसैँ लगायतका चाडवाड मनाउन, आफन्तकोमा हिँडडुल नगर्न, नयाँ कपडा नकिन्न आह्वान गरेको छ।

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्