Logo
७ बैशाख २०८१, शुक्रबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेश लोक सेवा आयोगले खोल्यो स्वास्थ्य र इन्जिनियरिङतर्फ विज्ञापन

लुम्बिनी प्रदेशअन्तर्गतको  लोक सेवा आयोगले बुधबार एक सूचना प्रकाशन गर्दै स्वास्थ्य सेवाका आठौँ र सातौँ तथा इन्जिनियरिङ सेवाको सातौँ तहको लागि विज्ञापन आह्वान गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषदको भदौ १८ गते बसेको बैठकको निर्णय अनुसार माग भएबमोजिम उक्त विज्ञापन खुलाएको प्रदेश लोक सेवा आयोग लुम्बिनीले जानकारी दिएको छ ।

आयोगले इन्जिनियरिङ सेवा समूह तर्फ सातौँ तहका लागि सिभिल हाइवे तर्फ खुलामा ३ जना, महिला आदिबासी जनजाती र मधसीका लागि १र१ जनको विज्ञापन गरिएको छ । त्यस्तै, सिभिल जनरलमा खुला २ र महिला र आदिबासी जनजातिका लागि १र१ जनाको माग गरिएको छ ।

यस्तै सिभिल इरिगेसनमा खुलामा ३, अन्यमा १र१ जना गरी ६ जना, हाइड्रोपावरका खुला १ र महिला १ गरी लागि २ जना तथा सिभिल स्यानिटरीका लागि खुलातर्फ १ जनाको माग गरिएको छ

आयोगले आर्किटेक्टको लागि खुलामा ५ जनको लागि र अन्यमा १र१ गरी ९ जनाको लागि विज्ञापन माग भएको छ । भने जनरल मेकानिकलको लागि खुला २ र महिला र आदिबासीका लागि १र१ जना गरी ४ जनको माग गरेको छ ।

यसैगरी स्वास्थ्य सेवा अन्तर्गतको आठौँ तहको मेडिकल अधिकृतका लागि खुला तर्फ २७, महिलाका लागि, ७, आदिबासी जनजाति ६, मधेसी ५ दलित २ अपाङ्ग १, पिछडिएको क्षेत्रका लागि १ जना गरी २९ जनको विज्ञापन गरिएको छ ।

यस्तै स्वास्थ्य सेवाकै सातौँ तहको नर्सिङ अधिकृतका लागि ७ जनाको विज्ञापन गरिएको छ जसमा खुलातर्फ ४ जना र महिला, आदिबासी जनजाति र मधेसीका लािग १र१ जनाको माग गरिएको छ ।

फिजियोथेरापिष्टको लागि २ जना खुला र १ महिला गरी ३ जनाको माग भएको छ भने मेडिकल ल्याव टेक्नो लोजिस्टका लागि खुलातर्फ ३ जना महिला र आदिबासी जनजाति तर्फ १र१ जनाको माग गरिएको छ ।

दरखास्त दिने अन्तिम मिति कात्तिक २५ गतेसम्मको लागि तोकिएको छ । परीक्षाकेन्द्र लुम्बिनी प्रदेश मुकाम बुटबल हुने भनिएको छ ।

 

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्