Logo
१५ चैत्र २०८०, बिहीबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकाका सबै शक्तिपिठहरु घटस्थापनादेखि खुल्ने

कोरोना भाइरस संक्रमण फैलिने जोखिमका कारण काठमाण्डौ उपत्यकामा बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् ।

उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वंगलामुखी, मैतीदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने भएका हुन् ।

मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दसैँको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए।

विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने उनले बताए।

तर सरकारबाटअहिले सम्म कुनै निर्णय आइनसकेको उनले बताए। तर पनि स्थानीय भक्तजनहरुकोआग्रहमा कात्तिक १ गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने बताए।

कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुलका लागिपूजाआजा रोक्ने निर्णय गरेको थियो । यससँगै काठमाडौँ उपत्यकाका मूख्यशक्तिपिठहरुमा समेत नियमित पूजा आजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ ।

अन्यक्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिले सम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन। तर अधिकांश मन्दिरहरु कात्तिक १ गते देखि सीमित रुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन् ।

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्