Logo
१३ बैशाख २०८१, बिहीबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

iphone12 का ४ नयाँ मोडल एप्पलले गर्‍यो सार्वजनिक, जान्नुहोस् कुनको मूल्य कति?

एप्पलले कम्पनीले आइफोन १२ सार्वजनिक गरेको छ । हिजो मंगलबार एप्पलले डिजिटल इभेन्ट मार्फत नयाँ आइफोन सार्वजनिक गरेको हो ।

कम्पनीले आइफोन १२ का चार मोडल सार्वजनिक गरेको हो । आइफोन १२ का मोबाइलहरु ५ जी नेटवर्क युक्त हुने एप्पलले जनाएको छ ।
एप्पलका प्रमुख टिम कुकले भने, ‘हामीले आइफोनमा ५ जी नेटवर्क ल्याउँदै छौँ । आइफोनका लागि यो नयाँ युगको सुरुवात हो ।’

एप्पलले आइफोन-१२, ६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुने जनाएको छ । यस्तै आइफोन-१२ मिनी पनि ६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछ ।

फाइफोन-१२ प्रो को स्टोरेज क्षमता १२८, २५६ र ५१२ जिबी तथा आइफोन-१२ प्रो म्याक्सको स्टोरेज क्षमता १२८, २५६ र ५१२ जिबी रहेको एप्पलले जनाएको छ ।

आइफोन-१२ सिरिजका फोनहरुको मूल्य एक लाख १२ हजारदेखि दुई लाख ८ हजार रुपैयाँसम्म पर्नेछ । आइफोन-१२ मिनीका लागि विश्वभर नोभेम्बर ६ देखि प्रि अडर सुरु हुनेछ । १३ नोभेम्बरदेखि ती फोन पाउन थालिने छ ।

आइफोन-१२ र आइफोन-१२ प्रोको प्रि–अडर अक्टोबर १६ देखि सुरु हुने र अक्टोबर २३ देखि उपलब्ध हुन थाल्ने छ ।

आइफोन-१२ प्रो म्याक्सको प्रि-अडर भने १३ नोभेम्बरदेखि सुरु हुनेछ र २० नोभेम्बरदेखि बिक्री सुरु हुनेछ ।आइफोन-१२ प्रो मा स्क्रीनको आकार अघिल्ला आइफोनको भन्दा ठूलो छ ।

आइफोन-१२ को स्क्रीन ६.१ इन्चको हुने र पहिलेको भन्दा ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुने एप्पलले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वभर अर्थतन्त्र गम्भीर रुपमा प्रभावित भएको छ । तर पछिल्लो एक वर्षदेखि आइफोनको बिक्री भने बढेको छ ।

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्