Logo
८ बैशाख २०८१, शनिबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शीर्ष नेताको सहमतिपछि कर्णालीका मुख्यमन्‍त्रीले गरे कुर्मराज शाहीलाई सचेतकमा नियुक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार शीर्ष नेताको सहमतिपछि सांसद कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । मुख्यमन्त्री शाहीले सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई दिएका हुन् ।

नेपाली प्रमुख सचेतक बनेपछि शाहीले मंगलबार कुर्मराजलाई उक्त जिम्मेवारी दिएका हुन् । कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध आइतबार गुलाबजङ्ग शाहलगायत पार्टीकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यहाँको राजनीति तातेको छ ।

प्रदेशको समस्या समाधान केन्द्रबाट गर्नेगरी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय भएका थिए ।

यसै बीचमा वरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधानका लागि पहल गरेका छन् ।

प्रकाशित मिति: Oct 13, 2020

प्रतिक्रिया दिनुहोस्