Logo
१३ बैशाख २०८१, बिहीबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमितको उद्धारका लागि सिम्रिक एयरलाई सरकारले दियो अनुमति

सरकारले सिम्रिक एयरलाई कोरोना संक्रमितको उद्धारको लागि अनुमति दिएको छ ।

सिम्रिक एयरले डब्लुएचओ र स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा तथा सावधानीका सबै मापदण्ड पुरा गरेकोले अनुमति प्रदान गरिएको हो।

नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस सङ्क्रमितको उद्धार गर्न सोमबार अनुमति दिएको हो ।यो निजी क्षेत्रको सबैभन्दा अग्रणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी हो ।

हालसम्म कोरोना संक्रमितको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट मात्रै हुँदै आएको थियो। निजी क्षेत्रबाट पहिलो पटक कोरोना उद्धारका लागि सिम्रिकलाई अनुमति दिएको हो।

हेलिकोप्टरमा सङ्क्रमितलाई सुरक्षित ढङ्गले राख्नका लागि स्ट्रेचरलगायत डब्लुएचओ र स्वास्थ्य मन्त्रालयको तोकेको प्रोटोकलअनुसारका अन्य उपकरण जडान गरिएको छ।

यस्तै संक्रमितबाट अन्य यात्रुमा भाइरस नसर्ने गरी मेडिकल उपकरण र सुरक्षा सुनिश्चित गरिएको र आपत्कालीन सेवाका लागि मेडिकल टिमसमेत रहने बताइएको छ ।

सिम्रिक एयरका अहिले पाँच हेलिकप्टर सञ्चालनमा छन् । जसमध्ये दुई वटा हेलिकोप्टर संक्रमित उद्धारका लागि प्रयोग गरिनेछ।

प्रकाशित मिति: Oct 13, 2020

प्रतिक्रिया दिनुहोस्