Logo
१२ बैशाख २०८१, बुधबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

प्रदेश नं १ स्थित मोरङमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतकलाई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

बूढीगङ्गा गाउँपालिका-५ का ७१ वर्षीय वुद्धको कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ ।

मृतकको गएको शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: Oct 13, 2020

प्रतिक्रिया दिनुहोस्