Logo
१३ बैशाख २०८१, बिहीबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साबधानी बिनै प्रदेश-२ मा जसपाको सभा, बाबुराम भट्टराईसहित मुख्यमन्त्रीले गरे सम्बोधन !

कोरोना महामारीले उग्र रुप लिइरहेको बेला जनता समाजवादी पार्टीले भने प्रदेश २ मा सभा गरेको छ ।

कोरोना संक्रमण फैलिन नदिन २५ जनाभन्दा बढी उपस्थित नहुन सरकारले गरेको आग्रहलाई संसदको तेस्रो ठूलो दले गम्भीर उल्लंघन गरेको छ । स्वास्थ्य साबधानी बिनै गरिएको सभालाई बाबुराम भट्टराईसहित प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गरेका छन् ।

राउतको उपस्थितिमा जसपाले सोमवार पर्सामा अन्य दलका सयौं कार्यकर्ता र समर्थकलाई पार्टी प्रवेश गराएको छ ।

काठमाडौंबाहिर सबभन्दा बढी प्रभावित जिल्ला पर्सा हो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव लगायतका नेताहरूले सोमवार कांग्रेस र नेकपाका कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

बाबुराम भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार सोमवार कांग्रेस र नेकपाका ७ सय १५ कार्यकर्ता जसपा प्रवेश गरेका छन् ।

भट्टराईले केही दिनअघि गोरखामा पनि अन्य दलका कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए ।

जनस्वास्थ्य विज्ञहरू यो समयमा राजनीतिक सभा र जमघट गर्दा कोरोना संक्रमण फैलिने खतरा प्रबल हुने बताउँछन् ।

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्