Logo
१५ चैत्र २०८०, बिहीबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई कर्णालीको पार्टी विवाद मिलाउन प्रचण्डको आग्रह

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच आज पनि भेटवार्ता भएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। सोमबार ओलीसँग बालुवाटारमा झण्डै एक घण्टासम्म भएको भेटमा प्रचण्डले विवाद मिलाउने जिम्मा ओलीकै भएको बताएको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ ।

कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। प्रस्ताव दर्ता गराउनेमा पूर्व एमालेतर्फका १५ सांसद र पूर्वमाओवादीका ३ सांसद छन् ।

उक्त अविश्वासको प्रस्तावमाथि छलफल गर्न कर्णाली प्रदेशको नेकपा संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ ।आजको भेट वार्तामा पनि कुनै कुराको निचोड नआएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्