Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामीले भुलेर पनि कहिलै शंका गर्न नहुने यी ७ कुरा थाहापाउनुहोस् !

भनिन्छ मानिसको सोचाइ अनुसार नै उसको जीवन हुने गर्छ त्यसैले हामीले जहिले पनि सकरात्मक सोचाइ राख्ने गर्नु पर्छ ।

यदि मानीसले जीवनमा नकरात्मक सोचाइ राख्यो भने उसको जीवनमा सकरात्मक उर्जा भन्दा पनि नकरात्मक उर्जाको विकास हुने गर्छ । त्यसकारण आफ्नो जीवन कस्तो बनाउने भन्ने मानिस खुदै आफ्नो हातमा हुने गर्छ ।

मानिसले कहिलै पनि जीवनका शंका गनुए हुदैन भनिन्छ ‘शंकाले लंका जलाउँछ’ त्यसकारण हामीले कहिलै पनि शंका गर्नु हुदैन् ।

हिन्दू ग्रन्थहरुमा यस्ता ७ ब्यक्ति तथा चिजहरुको बारेमा उल्लेख गरिएको जसलाई कहिल्यै पनि शंका गर्नु उचित मानिँदैन ।

1 तीर्थः

तीर्थमा भगवानको बास हुन्छ भन्ने विश्वास छ । तीर्थमा भक्तहरुको भिड समेत हुन्छ । यदि तपाइँलाई विश्वास लाग्दैन भने मन्दिर लगायतका तीर्थस्थल नजानुस् तर गैसकेपछि त्यहाँ शंका नगर्नुस् । तीर्थमा गएर अविश्वास गर्नाले तपाइँको पुण्य नाश हुने शास्त्रमा उल्लेख छ ।

2 मन्त्रः

देवी देवताको मन्त्र पनि अविश्वास गर्न नहुने चिज मानिन्छ । देवी देवता तथा मोक्ष प्राप्तिका लागि मन्त्रहरुलाई सबैभन्दा सजिला हतियार मानिन्छ । मन्त्र पाठ गर्दा श्रद्धा र विश्वास सहित गर्नुस् ।

3 देवताः

देवताको विषयमा मनिसका अनेक अनेक सोंच हुन्छन् । कहिले काँहि आफूले सोंचेको कुरा नहुँदा र आपत विपद आइपर्दा मानिसहर देवता नभएको भन्ने गर्छन्। देवताप्रति अविश्वास पनि पाप मानिएको छ । किन भने आस्तिक भावनाले जीवनलाई सहज बनाउने मात्र होइन सकारात्मक भावना पनि दिन्छ ।

4 . ज्योतिषीः

कुनै पनि ग्रह दशा वा कुण्डलीका कुरा सोध्न परे हामी ज्योतिषकोमा जान्छौं । कतिपय ब्यक्तिलाई भने ज्योतिषप्रति विश्वास लाग्दैन । ज्योतिषकोमा जाने तर अविश्वास गर्नु पाप मानिन्छ ।

5. ब्राम्हणः

शास्त्रमा ब्रम्हणको महत्व उच्च रहेको उल्लेख छ । कुनै पनि शुभ कार्य गर्नका लागि ब्रम्हणको आवश्यकता पर्छ । शुभ कार्य गर्ने ब्रम्हणप्रति अश्रद्धा प्रकट गर्नु पाप मानिन्छ ।

6.चिकित्सकः

भनिन्छ ठूला ठूला असाध्य रोग पनि निको हुन्छन् तर विश्वास चाहिन्छ । औषधी र चिकित्सकलाई कहिल्यै पनि अविश्वास नगर्नुस् । औषधी र चिकित्सकलाई अविश्वास गर्दा उल्टो असर पर्न सक्छ ।

७. गुरुः

गुरुलाई संसारबाट मुक्ति दिने मुक्तिदाता समेत भनिन्छ । श्रेष्ठ गुरु पाउन कठिन छ । यदि तपाइँले कसैलाई गुरु मान्नु हुन्छ भने सँधै विश्वास गर्नुस् ।जीवनमा सफलता पाउनका लागि गुरुको आवश्यकता हुन्छ । पत्रपत्रिका

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्