Logo
१३ बैशाख २०८१, बिहीबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघ्यो

विश्वभर महामारीकोरुपमा फैलिएको कोरोनाबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ ।

कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कूल मृत्यु भएका व्यक्तिको संख्याका आधारमा ब्राजिल संयुक्तराज्य अमेरिकापछि विश्वमै दोस्रो स्थानमा रहेको छ ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सेनारोले कोरोनाभाइरसले गर्न सक्ने क्षतिलाई बेवास्ता गरेको आरोप लागिरहेका बेला कोरोना संक्रमितको मृत्यु उच्च गतिमा बढेको थियो ।

राष्ट्रपति बोल्सेनारोले सामाजिक दूरीका नियमहरुलाई बेवास्ता गर्दै ठुल्ठूला सभाहरु गरेका थिए । उनले गभर्नर र मेयरहरुले लकडाउन गर्न र कडा नियमहरु अगाडि सारे पनि त्यसलाई अस्वीकार गरेका थिए ।

यहीबीच गत जुलाईमा उनी स्वयंलाई कोरोना संक्रमण भएको थियो ।तर पछिल्ला केही दिनदेखि ब्राजिलमा कोरोना संक्रमण दरमा कमी आउन थालेको छ ।

विगत एक डेढ महिनाको अवधिमा भाइरसको वृद्धिदरमा कमी देखिएको छ । विगत सात दिनमा दैनिक ५९८ जनाको मृत्यु भइरहे पनि यो गत मे महिनाको तुलनामा निकै कम हो ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्