Logo
१२ बैशाख २०८१, बुधबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसी र सरकारबीच भएको सहमतिको प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा स्वागत

संघ र प्रदेशहरुमा समेत प्रतिपक्षी दलको रुपमा रहेका नेपाली कांग्रेसले आमरण अनशनको २७ औँ दिनमा डा. गोविन्द केसी र सरकारबिच भएको सहमतिलाई स्वागत गरेको छ।

‘डा. केसी अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो । डा. केसीले थालेको आन्दोलनमा स्वदेश र विदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले सरिक सबैमा कांग्रेसले बधाइ समेत ज्ञापन गरेको छ।

जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण ब्यवहार देखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउँदै सहमतिमा पुगेको छ ।

सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । तर विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौँ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा २०७५ साउन १० गते डा. केसीसँग गरिएको सहमति सोही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको पनि कांग्रेसले स्मरण गराएको छ।

‘नेपाली कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा. केसीका का मागहरू पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा। केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको थियो ।

अतः थप द्वन्द्व सृजना हुन नदिन २४ अशोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न नेपाली कांग्रेस वर्तमान सरकारलाई सजग गराउँदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्