Logo
१३ बैशाख २०८१, बिहीबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा पनि अवस्था भयावह : बिराटनगर र धरानमा एकैदिन ५ संक्रमितको मृत्यु

प्रदेश १ स्थित कोरोना संक्रमणका कारण बिराटनगर र धरानमा एकै दिन पाँच जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा दुई र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो ।

शनिबार राति नोबेल मेडिकल कलेजमा मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको हो ।

कलेजका प्रबन्धक नारायण दाहालका अनुसार महिलालाई २० असोजमा नोबेलमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा २१ असोजमा रिपोर्ट पोजेटिभ आएको थियो ।

नोबेलमै उपचाररत सुनसरी हरिनगर-४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान उपमहानगरपालिका-८ की ६२ वर्षीया वृद्धाको शनिबार राति ८ बजे, सनुसरीको दुहवीका ६५ वर्षीय वृद्धको आइतबार बिहान ३ः५० बजे र धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि आइतबार बिहान ६ः४० बजे मृत्यु भएको छ ।

शनिबार दिउँसो विराट मेडिकल कलेजमा इटहरी उपमहानगरपालिका-५ की ६४ वर्षीया महिलाको मृत्यु भएको थियो । शनिबार विहान न्यूरो अस्पतालमा पथरी शनिश्चरे नगरपालिका-६ की ९२ वर्षीया महिलाको पनि मृत्यु भएको थियो ।

बागमती प्रदेश स्थित संघीय राजधानी समेत रहेको काठमाण्डौ उपत्यकापछि प्रदेश १ मा कोरोनाको भयावह अवस्था रहेको पाइएको छ ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्